रामेछापमा घरबाट बाहिर नहिड्न प्रहरीको विन्ती (भिडियोसहित)



१ जेठ, रामेछाप ।
लकडाउनको अवधिमा पनि सदरमुकाम मन्थलीका केही नागरिकहरुले सरकारको निर्देशन अटेर गर्न थालेपछि प्रहरीले घरबाट अत्यावश्यक काम बाहेक बाहिर नहिडन विन्ती गरेको छ । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढदै जादा मन्थली बजार क्षेत्र उच्च जोखिममा परेको छ ।

तर केही बजार क्षेत्रका केही व्यापारी र नागरिकले भने प्रहरीलाई चुनौती दिदै बजार क्षेत्रमा हिडडुल गर्ने गरेका छन् । अनावश्यक रुपमा बजार क्षेत्रमा हिडडुल गर्ने पचास जना भन्दा बढीलाई प्रहरीले सडकमै डेढ घण्टा उभ्याएर सजाय समेत दिइसकेको छ । प्रहरीले बारम्बार बजार क्षेत्रमा अनावश्यक रुपमा हिडडुल नगर्न माइकिङ गर्दै आएको छ ।

बजार क्षेत्रमा नागरिकबाट कोरोनालाई चुनौती दिदै हिडने क्रम बढेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजू र जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना नै बजार क्षेत्रमा माइकिङ गर्दै लकडाउनलाई प्रभावकारी बनाउन खटिएका छन् ।

बजार क्षेत्रमा भिडभाडको कारण थप कोरोना संक्रमण फैलिन सक्ने चिन्ता प्रहरीले गरेको छ । बजार क्षेत्रमा अनावश्यक हिडडुल नगर्नको लागि डिएसपी स्वयंम नै माइकिङ गर्दै हिडेका छन् । उनले अनावश्यक रुपमा बजार क्षेत्रमा नहिडन बजारवासीलाई आग्रह गरेका छन् । डिएसपी ढुंगानाले रामेछाप न्युजसँग भने,‘यति बेला पनि नागरिक सचेत र जिम्मेवार नहुने हो भने रामेछापमा संक्रमणको झन थपिन सक्छ, सबै जिम्मेवारी बनौं ।’

प्रतिक्रिया दिनुहोस्