कोरोना संक्रमित रामेछापका श्रेष्ठको उपचारको क्रममा निधन



३ जेठ, काठमाडौं ।
कोरोना संक्रमणको कारण रामेछापका थप एक जनाको निधन भएको छ । खाँडादेवी गाउँपालिका–५ पकरवास फुल्पा निवासी विष्णु श्रेष्ठको आज निधन भएको हो ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका श्रेष्ठलाई स्वास्थ्यमा समस्या देखिएपछि ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । श्रेष्ठको उपचारको क्रममा निधन भएको खाँडादेवी गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठले रामेछाप न्युजलाइ जानकारी दिइन । श्रेष्ठ लामो समयदेखि रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
5eYXYjISo1k9lYIV, aYJn7aRW6seYTp, eqojNmGwg7sI, lVPhvf0, lv6VTC, SNxznY09YKm, Sevz2eHHVuIgn, 4klSla, Fjyope, IyEhDq