तामाकोसी अस्पताललाई कान्छारामले दिए तीन वटा आइसीयू वेड



 जेठ, रामेछाप ।
नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले जिल्लाको तामाकोसी अस्पताललाई तीन वटा आईसीयू वेडसहितको सामाग्री दिएका छन् । जिल्लाभित्र कोरोना संक्रमितले आइसीयू र भेन्टिलेरको अभावमा ज्यान गुमाउने क्रम बढेपछि उनले तीन वटा आइसीयू वेड खरिद गरेर अस्पताललाई हस्तान्तरण गर्न लागेका हुन् ।

तामाङले आइसीयूमा प्रयोग हुने ३ वटा बेड, त्यसका लागि आबश्यक मनिटर र तीन वटा अक्सिजन सिलिन्डर आज तामाकोसी अस्पतालमा फिट गरेर हस्तान्तरण गर्न लागेको रामेछाप न्युजलाई बताए ।जिल्लाभित्रका कोरोना संक्रमितले उपचारबाट बञ्चित हुन नपरोस भनेर आफूले करिब २५ लाखमा तीन वटा आइसीयू वेड खरिद गरेको बताउदै उनले यसबाट केही पनि राहत हुने बताए ।

तामाङले रामेछाप न्युजसँग भने,‘गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपनि रामेछापवासीको सेवा गरिरहेको छु, जनताको दुःखमा सकेको साथ दिन्छु ।’ निर्वाचनमा पराजित भएपछि उनले जिल्लामा १ वटा शवबहान र १३ वटा एम्बुलेन्स निशुल्क रुपमा प्रदान गरिसकेका छन् ।

तामाकोसी अस्पतालका प्रा.डा. सुमन कर्माचार्यले आइसीयू सरहको तीन वटा वेड पाउदा खुसी भएको बताउदै बिरामीको उपचारमा थप सहजता थपिने बताए ।यसअघि जिल्ला अस्पताल रामेछापमा हालै बागमती प्रदेश सरकारको सहयोगमा पाँच वटा एचडियू वेड स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्