मन्थलीमा कोरोना संक्रमित बढेपछि बजार सुनसान (फोटोफिचर)



४ जेठ, रामेछाप ।
रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको मन्थली बजार सुनसान बनेको छ । जिल्लाकै धेरै कोरोना संक्रमित भेटिन थालेपछि बजार क्षेत्र सुनसान बनेको हो । जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काम बाहेक घरबाट बाहिर नहिडन आग्रह गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले घरबाट बाहिर हिडडुल नगर्न माइकिङ गर्दै आएको छ । लकडाउनको सुरुको दिनमा अटेर गर्नेहरु अहिले घरबाट बाहिर आउने क्रम घढेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगाना बताउछन् ।

चहल पहल हुने हुने बजार क्षेत्र अहिले सुनसान बनेको छ । बिहानको समयमा खाद्यन्न पसल खुल्ने भएपनि अहिले भिडभाड हुन छोडेको छ । मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले कोरोना संक्रमण र नियन्त्रणको लागि बजारवासी नै बढी जिम्मेवार हुनुपर्ने बताउछन ।

उनले रामेछाप न्युजसँग भने,‘मन्थली नगरपालिकामा अहिलेसम्म बढी संक्रमित पुष्टि भएको छ, अझै पिसिआर परीक्षणलाई बढाउने तयारीमा छौ, सबै जिम्मेवार बन्ने हो भने कोरोना नियन्त्रण गर्न सकिन्छ ।’ कोरोनाको दोस्रो लहर अन्तर्गत मन्थली नगरपालिकामा मात्र १ सय ६४ जना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले संक्रमित सबै होम आइसोलेसनमा बसिरहेको बताए ।

तस्बीरः रामहरि केसीबाट

प्रतिक्रिया दिनुहोस्