रामेछापमा फेरि एक जना कोरोना संक्रमितको मृत्यु



५ जेठ, रामेछाप ।
रामेछापमा थप एक जना कोरोना संक्रमितको  उपचारको क्रममा निधन भएको छ । मन्थली नगरपालिका–१ मन्थलीका ६६ बर्षिय दिल बहादुर लामाको आज उपचारको क्रममा निधन भएको हो । केही दिन अघि काठमाडाै‌मा कोरोना संक्रमित  भएका लामा निको भएर घर फर्किएका थिए । तर आज बिहान एक्कासी सास फेर्न गाह्रो भएपछि लामालाई तामाकोसी अस्पताल पुर्याएको थियो ।

उपचारको क्रममा लामाको निधन भएको तामाकोसी अस्पतालले बताएको छ । निधन भएका लामाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको नयाँ गोरख दल रामेछापबाट खटिएको सेनाको टोलीले लामाको शव व्यवस्थान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्