बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित



६ जेठ, हेटौंडा। निवर्तमान गृहमन्त्री एवं नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । आज भएको निर्वाचनमा देवकोटाले ५०८८ मतभार पाए विजयी भएका हुन् । बादलले ४०१४ मतभार मात्र पाए । देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रतिक्रिया दिनुहोस्