रामेछाप अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने निश्चित, संघीय सरकारले दियो बजेट



१० जेठ, रामेछाप ।
रामेछाप जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने निश्चित भएको छ । अस्पतालको माग अनुसार संघीय सरकारले ७५ लाख बजेटको सुनिश्चितता गरेसँगै जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना हुन लागेको हो ।

यसअघि जिल्ला अस्पताले बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको स्वास्थ्य मन्त्रालयसँग अक्सिजन प्लान्टको लागि माग गर्ने निर्णय गरेको थियो । संघीय सरकारको अर्थ मन्त्रालयले ७५ लाख बजेट सुनिश्चित गरेसँगै प्लान्ट निर्माणको काम अगाडि बढने भएको हो ।

जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पाख्रिनले अक्सिजन प्लान्ट निर्माण गर्नको लागि बजेटको सुनिश्चितता भएकाले अब तत्काल प्रक्रिया अगाडि बढाइने रामेछाप न्युजलाई बताए ।

अक्सिजन प्लान्ट स्थापना गर्नको लागि नेकपा एमालेका नेता शेर बहादुर तामाङ, रत्त प्रसाद गौतम, नेकपा एमालेका सचिव पुरुषोत्तम कडरिया लगायतको पहल गरेका थिए ।

रामेछाप जिल्लामा हाल १६० वटा भन्दा बढी सानाठूला अक्सिजन सिलिन्डर रहेको छ । जिल्लामा २ सय ७० भन्दा बढी अक्सिजन सिलिन्डरको माग गरेको छ । अक्सिजन प्लान्ट स्थापना भएपछि हाल जिल्लामै भएको सिलिन्डर पर्याप्त हुने स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिृकत भुवन थापाले रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्