रामेछापमा अक्सिजन प्लान्ट स्थापना गर्न अगाडि बढयो खरिद प्रकृया



११ जेठ, काठमाडौं ।
बागमती प्रदेश सरकारले प्रदेश भित्रका विभिन्न ७ अस्पतालमा अक्सिजन प्लाण्ट जडान गर्ने भएको छ । रामेछाप जिल्ला अस्पतासहित सहित विभिन्न जिल्लामा अक्सिजन प्लाण्ट जडान गर्न खरिद प्रक्रिया अघि बढाईएको छ । प्रदेश सरकार स्वास्थ्य आपुर्ती ब्यबस्थापन केन्द्रले मंगलबार ७ थान अक्सिजन जेनेरटर खरिदका लागि बोलपत्र आव्हान गरेको छ ।

बागमती प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ७ दिनको म्याद राखेर बोलपत्र आह्वान भैसकेको बताउँदै तत्काल ७ अस्पतालमा अक्सिजन प्लाण्ट जडानको काम नै अघि बढने बताए । सिन्धुपाल्चोक धादिङ, काभ्रे जिल्ला अस्प्पतालमा अक्सिजन प्लाण्ट जडान हुनेछ ।

काठमाडौको टोखा अस्पताल , ललितपुर जिल्ला अस्पताल र चितवनको रत्ननगर अस्पपतालमा प्लाण्ट राख्न सूचना जारी गरिएको छ । यसअघि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट र पिसिआर मेसिन स्थापना गरिने घोषणा गरेका थिए ।
आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले रामेछापमा अक्सिजन प्लान्ट स्थापना भएपछि दिर्घकालिन रुपमा अक्सिजन अन्य जिल्लामा खोज्न जानु पर्ने बाँध्यता हटने बताए ।

 

प्रतिक्रिया दिनुहोस्