मन्थली नगरपालिकाको तामाकोसी किनारामा बेवारिसे शव भेटियो



११ जेठ, रामेछाप ।
मन्थली नगरपालिकाका स्थित तामाकोसी किनारामा एक पुरुषको  वेवारिसे शव फेला परेको छ । मन्थली नगरपालिका–८ गाईखुरा स्थित तामाकोसी नदी किनारामा नाम थर वतन नखुलेको एक पुरुषको वेवारिसे शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले करिब ६० बर्षिय पुरुषको शव भेटिएको जानकारी दिए । सेतामा निलो धर्का भएको कोठे सर्ट र कालो पाइन्ट लगाएको एक पुरुषको शव भेटिएको बताउदै उनले शव सडिगली सकेको अवस्थामा फेला परेको बताए ।

प्रतिक्रिया दिनुहोस्