रामेछापका कोरोना संक्रमित बिरामीलाई युवा संघद्धारा पौष्टिक आहार वितरण



१२ जेठ, रामेछाप ।
राष्ट्रिय युवा संघ रामेछापले जिल्लाभित्र कोरोनाको संक्रमित भइ हाल अस्पतालमा उपचाररत बिरामीहरुलाई पौष्टिक आहार वितरण गरेको छ । युवा संघले जिल्ला अस्पताल रामेछाप, तामाकोसी अस्प्ताल सामुदायिक अस्पतालमा उपचारत बिरामीहरुको लागि पौष्टिक आहार वितरण गरेको हो ।
राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य एवं रामेछापका संयोजक गणेशबज्र लामाले विभिन्नन अस्पतालमा गरी ४१ जना संक्रमितलाई पौष्टिक आहार वितरण गरिएको बताए । उनका अनुसार कोरोनासँग जुधिरहेका बिरामीहरुलाई हर्लिक्स, मसरुम सुप, माक्स, सेनिटाइजर लगायत वितरण गरिएको हो । अस्पतालका कर्मचारी मार्फत संक्रमित बिरामीहरुको लागि पौष्टिक आहार दिएको लामाले जानकारी दिए ।

पौष्टिक आहार वितरण कार्यक्रममा युवा संघका स्थायी कमिटी सदस्य अमित कार्की, रामेछापका सह संयोजक सुरेन्द्र कार्की, लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्