रामेछापमा लकडाउन उल्लंघन गर्नेलाई अब छुट दिन सकिदैनः प्रजिअ सैजू



१२ जेठ, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले जिल्लाभित्र अब निषेधाज्ञा उल्लंघन गर्नेलाई छुट दिन नसकिने बताएका छन् । कोरोना संक्रमण र नियन्त्रणको लागि अब प्रशासनले कठोर कदम चाल्ने बताउदै  उनले सबै जिल्लावासीले जिम्मेवारी पूरा गरेर सहयोग गर्नुपर्ने बताएका हुन् ।

प्रजिअ सैजूले रामेछाप न्युजसँग भने,‘सरकारले गरेको निर्णय सबैको पालना गर्नुपर्छ, अब कुनै पनि बहानाबाजीमा निषेधआज्ञा उल्लंघन गर्नेलाइ छुट दिन सकिदैन नियम अनुसार कारवाही गछौं ।’

नियमको सबैले पालना गरौ, अनुशासनको पालना गरेर सहयोग गरौ, यतिबेला असहयोग गर्ने काम कही कतैबाट पनि नगरौ, सबैले जिम्मेवारी पूरा गरेको अवस्थामा मात्र जिल्लाभित्र कोरोना नियन्त्रण गर्न सकिन्छ, उनले भने ।
कोभिड सम्बन्धित  नयाँ अध्यादेश अनुसार लकडाउन उल्लंघन गर्नेमाथि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने पाउने प्रावधान लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस्