कोरोना संक्रमणबाट रामेछापका केसीको निधन



१३ जेठ, काठमाडौं ।
कोरोना संक्रमणबाट रामेछापका थप एक जनाको निधन भएको छ । कोरोना संक्रमित भएपछि वीर अस्पतालको आइसीयूमा उपचाररत सुनापति गाउँपालिका–४ बेथानस्थित जुगेपानी निवास ३७ बर्षिय प्रकाश केसीको आज निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि दुई साता अघि केसीलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

बीचमा स्वास्थ्यमा सुधार भएपछि नर्मल वार्डमा सारिएको थियो । तर सात दिनअघि पुनः स्वास्थ्यमा समस्या भएपछि उनलाई आइसीयूमा भर्ना गरेर उपचार गरिरहकै क्रममा केसीको निधन भएको वीर अस्पतालले बताएको छ । केसी दोरम्बा गाउँपालिकामा शिक्षक पेशामा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्