सरकारको विरुद्ध रामेछापमा पनि बन्यो पाँच दलिय संयुक्त मोर्चा (विज्ञप्तीसहित)



१७ जेठ, रामेछाप ।
प्रतिनिधिसभा विघटनको विरुद्ध रामेछाप जिल्लामा पनि विपक्षी दलको गठबन्धन बनेको छ । सरकारले कोभिड महामारीको बेलामा संसद विघटन गरेर निर्वाचनाको घोषणा गर्नु गलत भएको बताउदै रामेछापका पाँच दलिय गबन्धनले सरकारको असंवैधानिक कदमको भत्र्सना गरेको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले नेपाल समुह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संसद विघनको सशस रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।जनताको लामो आन्दोलन, संघर्ष र वलिदानबाट प्राप्त परिवर्तनलाई जोगाउन दृढतापूर्वक अगाडि बढन पाँच दलले विज्ञप्ती जारी गरेर आह्वान गरेका छन् ।

पाँच दलद्धारा जारी संयुक्त विज्ञप्तीमा रामेछाप जिल्लामा कोरोना संक्रमितको पहिचान गर्न पिसिआर परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेको छ ।संयुक्त विज्ञप्तीमा नेपाली कांग्रेसका सभापति लवश्री न्यौपाने, माओवादी केन्द्रका अध्यक्ष मैन कुमार मोक्तान, नेकपा एमाले नेपाल समह रामेछापका अध्यक्ष शान्ति पौडेल, जसपाका अध्यक्ष सोनाम ग्यापक र राजमोका अध्यक्ष मनोज श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्