कुलमान घिसिङलाई आगामी चुनावमा उठन अभिनेता तामाङको आग्रह



१८ जेठ, काठमाडौं ।
नेपाल विद्युत प्राकिरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई आगामी निर्वाचनमा उम्मेदवारी दिन गायत तथा अभिनेता रोबिन तामाङले आग्रह गरेका छन् । उनले देशमा अब अति नै भइसकोको बताउदै आउने पुस्ताको हितका लागि र देशलाई परिवर्तन पनि उम्मेदवारी दिन आग्रह गरेका हुन् । अब पनि नयाँ पुस्ता राजनीतिमा प्रवेश नगर्ने हो भने आफूहरु पुराना जोकरहरुकै फन्डामा पर्ने तामाङले बताएका छन् ।

गायत तामाङले आफ्नो फेसबुक पेजमा लेख्छन–‘कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ । दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, तपाईंले पक्कै पनि जनताको साथ पाउनुहुनेछ । म नेपालीले सहीरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।’

आफ्नो साथ सधैं रहिरहने भन्दै उनले ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संरक्षण गर्ने एजेन्डा लिएर अघि बढ्न पनि सुझाव दिएका छन् । उनको आफ्नो आग्रह र सुझावलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह पनि कुलमान घिसिङलाई सुझाएका छन् ।

कृपया मेरो कुरामा गम्भिरतापूर्वक सोच्नुहोला, अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परिवर्तन गर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ छ । अन्यथा हामी त्यही पुराना जोकरहरुकै फन्डामा पर्छौं, तामाङले भनेका छन् ।
तर विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशक घिसिङले राजनीतिमा प्रवेश गर्ने नगर्ने अहिलेसम्म केही खुलाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्