कार्कीद्धारा सुनापति गाउँपालिकालाई छ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण



१९ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–३ हिलेदेवी निवासी समाजसेवी दीपेन्द्र कुमार कार्कीलेसुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । पछिल्लो समयमा गाउँपालिकाभित्र संक्रमतिको संख्या बढदै गइरहेको बेला कार्कीले करिब ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

कार्कीले चार वटा कन्सलेटेटर, भिटामिन डी, सेनिटाइजर, पिपिई लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका हुन् । गाउँपालिको कार्यालय हिलेदेवीमा आयोजित एक कार्यक्रमकोबीच कार्कीले उक्त स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमल राज श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

विपद्को बेला गाउँपालिकालाई आफूले सकेको सहयोग गरेको बताए । उनले आगामी दिनमा पनि समस्या भएको अवस्थामा आफु सहयोग गर्न तयार रहेको बताउदै कार्कीले भने,‘सबै मिलेर अहिलेको संकटको घडीमा सकेको सहयोग गर्नुपर्छ ।’

सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत कमल राज श्रेष्ठले महामारीको बेला कार्कीले स्वास्थ्य सामाग्री दिएर गुण लगाएको बताए । उनले भने,‘पालिकाभित्र संक्रमितको संख्या बढदै जादा औषधीसहित स्वास्थ्य सामाग्रीको माग पनि बढदै गएको छ, हामी सहयोगी हातहरुलाई सहयोग गर्न अपिल पनि गछौ, सहयोग गर्नुपूर्व गाउँपालिकासँग सम्पर्क गर्न आग्रह गछौं ।’

यस्तो छ हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीको विवरणः

प्रतिक्रिया दिनुहोस्