रामेछापमा लकडाउन केही खुकुलो, बैंक र खाद्यन्न पसल खोल्ने समय बढाइयो



१८ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउन थप एक साता बढाउने निर्णय भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा आज बसेको कोभिड–१९ जिल्ला स्थानीय संकट व्यवस्थापन समितिको बैठकले  भाेलीबाट लागू हुने गरी लकडाउन एक साता थप्ने निर्णय गरेको हो ।बैठकले जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेको छ ।

यसअघि हप्ताको दुई साता मात्र सञ्चालन हुँदै आएको बैंकहरु अब हप्ताको तीन दिन सञ्चालन हुनेछन भने समय पनि एक घण्टा थप्ने दस बजेदेखि एक बजेसम्मको लागि बनाइएको बैठकमा सहभागी एक कर्मचारीले बताए । उनले रामेछाप न्युजसँग भने,‘बैठकले पसल सञ्चालनको समय पनि एक घण्टा थप्ने निर्णय गरेको छ ।’ यसअघि बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुँदै आएको खाद्यन्न पसल अब बिहानको पाँचदेखि ८ बजेसम्म सञ्चालन हुनेछ ।

(यसअघिको समाचारमा भुलवश साताको दिन दिन हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । –सम्पादक)

 

प्रतिक्रिया दिनुहोस्