प्रगतिशिल युवा समाजद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



२० जेठ, रामेछाप ।
खाँडादेवी गाउँपालिकाको पकरवास स्वास्थ्य चौकीलाई खाँडादेवी प्रगतिशील युवा समाजले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिका–५ पकरवासमा रहेको स्वास्थ्य चौकीलाई समाजले कोरोना नियन्त्रणका लागि सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

युवा समाजको अगुवाइमा खाँडादेवी प्रगतिशील विपद् कोषबाट कोरोना माहामारी नियन्त्रण रोकथामका लागि पकरबास स्वास्थ्य चौकीलाई अटोमेटिक अक्सिजन दुई थान, इलोक्ट्रनिक औजार सफा गर्ने अटोकेल्भ एक थान, सेनिटाइजर सहित स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको युवा समाजका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष तुलसिदाश श्रेष्ठ,गाउँपालिका स्वास्थ्य शाखा संयोजक ओम प्रकाश श्रेष्ठ, समाजका पूर्व अध्यक्ष हिमाल श्रेष्ठ लगायतको सहभागीता रहेको थियो
अध्यक्ष श्रेष्ठले कोरोना संक्रमण रोकथाम र संक्रमितहरुको स्वास्थ्य उपाचारमा आवश्यक सहयोग पु¥याउने उद्धेश्यले स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्