रामेछापमा कोरोना संक्रमित भइ होम आइसोलेनमा बसेका  थप एक जनाको निधन



२२ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा  कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका थप एक व्यक्तिको  निधन भएको छ । खाँडादेवी गाउँपालिका– ४ की ९० वर्षिया महिलाको आज बिहान होम आइसोलेसनमा बसेकै अवस्थामा  निधन भएको हो । स्वास्थ्य कार्यालय रामेछापका अनुसार जेठ २१ गते बिहीबार एन्टिजेन परीक्षणबाट कोरोना सङ्क्रमण देखिएपछि होम आइसोलेसन रहेदै आएका महिलाको आज निधन भएको  छ ।

जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार संक्रमित १६ जनालाई थप उपचारका लागि काठमाडौं लगायतका विभिन्न अस्पतालमा रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्