कोरोना महामारीमा सुनापति गाउँपालिकावासीलाई माओवादी केन्द्रको सहयोग



२२ जेठ, रामेछाप ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि नेकपा माओवादी केन्द्र सुनापति गाउँ कमिटीको सक्रियतमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाउँपालिकाको पाँच वटै वडा कार्यालय मार्फत करिब १८ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

नेकपा माओवादी सुनापति गाउँ कमिटीको पहलमा संकलन भएको करिब १८ लाख आर्थिक सहयोगबाट गाउँपालिकाको पाँच वटै वडा कार्यालय मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको छ । ‘जनताको दुःखको साथ माओवादी केन्द्र’ भन्ने अभियान अन्तर्गत गाउँपालिकाको जनप्रतिनिधि मार्फत स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

नेकपा माओवादी केन्द्रका नेता टंकलाल घिसिङ ‘टलक’ले सुनापति गाउँ कमिटी र सुनापति काठमाडौं सम्पर्क मञ्चको संयुक्त पहमा पार्टीका सदस्यहरु, पार्टीका समर्थक तथा शुभचिन्तकहरुबाट संकलन भएको सहयोगबाट गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।
सहयोगबाट प्राप्त गरिउको स्वास्थ्य सामाग्री तत्काल जनता समक्ष पुगोस भन्ने उदेश्यले पाँच वटै वडामा परिचालन समिति गठन गरेर स्वास्थ्य सामाग्री पुर्याइएको उनले बताए ।

माओवादीले वडा नम्बर १ गुन्सीमा माओवादी केन्द्र गाउF कमिटी र रामेछाप काठमाडौं सुनापाति १ सम्पर्क मन्चको संयुक्त स‌याेजकत्वमा, वडा नम्बर २ दिमीपोखरीको संयोजकमा होमराज खपाङ्गी मगर, वडा नम्बर ३ को संयोजकमा रोज थिङ, वडा नम्बर ४ बेथानको संयोजकमा हिरालाल तामाङ, वडा नम्बर ५ खनियापानीको संयोजकमा ईलकसिंह ग्याबलाई जिम्मेवारी दिएको थियो । पाँच जनाको नेतृत्वमा संकलन भएको आर्थिक सहयोगबाट वडा कार्यालय मार्फत स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

माओवादीले पाँच वटै वडामा कोरोना महामारीको बारेमा जनचेतना फैलाउने, बिरामीलाई आवश्यक औषधी उपलब्ध गराउने, स्वास्थ्यकर्मीसँग परामर्शको लागि सहजीकरण गर्ने,आपतकालिन अवस्थाको लागि अक्सिजनको उपलब्धता गराउने, एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन उपलब्ध गराउने सहजिकरण गर्ने गरी युवा स्वयंमसेवक परिचालन समेत गरेको छ ।
नेता घिसिङले जनस्वास्थयप्रति गम्भीर चासोका साथ लिदै स्वास्थ्य सामाग्री सहित विपद्को घडीमा पार्टी पत्तीलाई परिचालन गर्ने कार्यक्रम बनाएको जानकारी दिए ।

माओवादी केन्द्रले पचहत्तर हजार पिस मास्क, पन्ध्र हजार वटा सामुन, दुई सय लिटर सेनिटाइजर, पच्चिस सय थान डिजिटल थर्मोमिटर, पचास पिस अक्सोमिटर दस वटा अक्सिजन सिलिन्डर, एक वटा इलेक्ट्रोनिक अक्सिजन, नर्मल वेड २ सेट, ट्रली बेड १ सेट, हस्पिटलको लागि फोलिडङ वेड १० सेट, स्लाइन स्टयान्ड ५ थान, अक्सिजन ट्रली १ थान पानी तताउने इलोक्ट्रिोनिक जग ४० थान, टिभी स्ट्यान्ड १२ थान, म्याटे«स १२ थान, सिरानी १३ थान, वेड कभर १३ थान, डस्बिन १५ वटा, अक्सिजन सिलिन्डर गरगुलेर १० थान, पिपिई सेट एक सय पिस, संक्रमितको लागि पोसिलो गेडागुडी ६ सय केजी, जनचेतना जगाउने एक सय वटा फ्लेक्स पिन्ट हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्