समाजद्धारा गुन्सी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



२३ जेठ, रामेछाप । प्रगतिशिल युवा समाज दोरम्बाले सुनापती गाउँपालिका–१ गुन्सी स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामको लागि समाजले अत्यावश्यकसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । सुनापति गाउँपालिकाले गुन्सी स्वास्थ्यमा चौकीमा स्थापना गरेरको आइसोलेन सेन्टरलाई समाजले पाँच वटा अक्सिजिन सिलिन्डरसहितको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

प्रगतिशिल युवा समाजका सदस्य सुशील चौलागाईका अुनसार स्वस्थ्य चौकीलाई अक्सिजन सिलिण्डर ५ थान, पीपीई सेट १० थान, अक्सिमिटर २ थान, थर्मलगन १ थान, डिजिटल थर्मोमिटर ५ थान, ब्लड प्रेसर नाप्ने डिजिटल मेसिन २ थान, सेनिटाइजर १५ लिटर, फेस सिल्ड १० थान, एक हजार थान सर्जिकल मास्क र ग्लोब्स २०० पिस लगायतका स्वास्थ्या सामाग्री हस्तान्तरण गरिएको हो ।

समाजले आफ्नो स्थापना कालदेखि नै संकटको बेला विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । स्वस्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा सुनापती गाउँपालिका अध्यक्ष धावा लामा, प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । समाजले यसअघि दोरम्बा गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्