रामेछापमा गुडिरहेकाे ट्याक्टरबाट खसेर एक जनाको मृत्यु



२३ जेठ, रामेछाप ।
रामेछापमा ट्याक्टरबाट खसेर घाइते भएका एक जनाको निधन भएको छ । शनिवार साँझ रामेछाप नगरपालिका –१ ब्सपार्कबाट हाटेचौरतर्फ रड लोड गरी जादै गएको ना ६ त ४५८५ नंम्बर दुर्घटना हुँदा ट्याक्टरमा सवारी कृष्ण शाहीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले शनिवार साँझ ट्याक्टरबाट खसेर घाइते भएका दैलेख नौमुले गाउँपालिका–२ निवासी शाहीको तामाकोशी अस्पताल उपचारको क्रममा निधन भएको जानकारी दिए । ट्याक्टर चालक रामेछाप नगरपालिका–१ का ३२ बर्षिय डोर बहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्