सुनापति गाउँपालिकालाई थप १५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण
२५ जेठ, रामेछाप ।
नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाका नेता ईलकसिंह तामाङको पहलमा सुनापति गाउँपालिकालाई करिब १५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । द सल्भेसन मिसन नेपालको सहयोगमा गाउँपालिकालाई अक्सिजन सिलिन्डर र टेन्टसहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
तामाङको सहजिकरणमा प्राप्त स्वास्थ्य सामाग्री गाउँपालिकाका अध्यक्ष धावा लामालाई एक कार्यक्रमकोबीच हस्तान्तरण गरिएको छ । उक्त संस्थाले अक्सिजन सिलिन्डर ५ थान, बेड १० थान, टेन्ट २ थान, अक्सिजन कन्सलेन्टर २ थान, पिपिई सेट ३० थान, थर्मल गन ३ थान, थर्मोमिटर २५ थान, मास्क ५ हजार थान, सेनिटाइजर १५ लिटर, पल्स अक्सिमिटर १० थान रहेको छ ।





