रामेछापमा आज कोरोनाबाट थप एक जनाको निधन



२७ जेठ, रामेछाप ।
रामेछाप जिल्लामा आज थप एक जना कोरोना संक्रमितको निधन भएको छ । जिल्ला अस्पताल रामेछापमा उपचारको क्रममा रामेछाप नगरपालिका–८ सल्लेका ७७ बर्षिय विद बहादुर तामाङको निधन भएको हो । यही जेठ ११ गते तामाङलाई अस्पताल भर्ना गरिएका तामाङको आज उपचारको क्रममा निधन भएको जिल्ला अस्पताल रामेछापका एक स्वास्थ्यकर्मीले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्