रामेछापमा कोरोनाबाट थप एक जनाको निधन



२८ जेठ, रामेछाप ।
कोरोनाबाट रामेछापमा थप एक जनाको निधन भएको छ । मन्थली नगरपालिका–८ का ९५ बर्षिय आस्था कुमारी श्रेष्ठको आज निधन भएको हो । मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा श्रेष्ठको निधन भएको केन्द्रले बताएको छ ।

श्रेष्ठको स्वास्थ्यमा समस्या भएपछि हिजो मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो । कोरोनाबाट निधन हनुभएका श्रेष्ठको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ । नेपाली सेनाको टोलीले श्रेष्ठको शव व्यवस्थापन गरेको नयाँ गोरख गणका गणपति विष्णु सापकोटाले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्