कार्की र खड्काद्धारा गोकुलगंगा अस्पताललाई सहयोग
२९ जेठ, रामेछाप ।
गोकुलगंगा गाउँपालिकाको अस्पतालललाई दुई कृषि फर्मका सञ्चालकले लत्ताकपडा र खाद्यन्न सामाग्री सहयोग गरेका छन् । हाल कोभिडका बिरामी उपचारतर अस्पतालको व्यवस्थापनमा सहयोग पुर्याउने उदेश्यले गाउँपालिकाभित्र सञ्चालित दुई कृषि फर्मले सहयोग गरेका हुन् ।
स्थानीय सूर्यदीप बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक प्रकाश कार्की र जन्मभूमि बहुउद्देश्यीय कृषि फर्म प्रालिका सञ्चालक अर्जुनबहादुर खड्काले अस्पतालमा रहेका कोभिड संक्रमित बिरामीको लागि ओढ्ने, चामल, दाल, नुन लगायत सहयोग गरेका छन् ।
सूर्यदीप बहुदेश्यीय कृषि फर्मका सञ्चालक प्रकाश कार्कीले अस्पताललाई १० थान फाइबर सिरक तथा सिरानी, चामल पाँच बोरा, दाल एक बोरा तथा आयो नुन एक बोरा अस्पताललाई हस्तान्तण गरिएको बताए । कृषि फर्मका सञ्चालकद्धय कार्की र खड्काले गाउँपालिकाका अध्यक्ष खड्गबहादुर सुनुवारलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुनुवारले यस्तो संकटको बेला सबैको साथ र सहयोग प्राप्त हुँदै गएको बताउदै सहयोग गर्ने कार्की र खड्कालाई धन्यवाद दिएका थिए ।
