माओवादी केन्द्र रामेछापद्धारा ११ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण



३० जेठ, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सदस्य एवं माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठको नेतृत्वमा रामेछापको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । आज श्रेष्ठको नेतृत्वमा माओवादीले रामेछापका जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुलाई ११ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

नेता श्रेष्ठले रामेछाप जिल्लाको ८ वटै स्थानीय तहमा आवश्यकताको आधारमा समानुपातिक वितरण गरी नागरिकहरुको उपचारमा सहयोग पु¥याउने उद्धेश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताए । उनका अनुसार ठूलो अक्सिजन सिलिन्डर १० थान, सानो अक्सिजन सिलिन्डर १५ थान, अक्सिजन कन्सल्ट्रेटर दूई थान, सर्जिकल मास्क ३३ हजार थान, १ सय ३० थान पिपिई सेट, २ सय थान एन नाइनटिन मास्क, सेनिटाईजर ५ लिटरको १० थान, २ सय ५० एमएलको ५ थान, ह्यान्ड ग्लोब्स २ सय सेट, फेस सिल्ड १ सय पिस, अक्सोमिटर ३० सेट, मेडिसिन ४० बक्स सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा माओबादी केन्द्र रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, संविधानसभा सदस्य डिल्लीमान तामाङ, लक्ष्मी गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नवराज ढुंगाना, जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्ण लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्