बलात्कारको आरोपमा रामेछापका माझी ललितपुरबाट पक्राउ



३१ जेठ, काठमाडौं । एक युवतीमाथि बलात्कार गरेको आरोपमा रामेछापका एक युवक ललितपुरबाट पक्राउ परेका छन् । ललितपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको  आरोपमा रामेछाप  खाँडादेबी गाउँपालिका–१ का २३ वर्षीय अनुष माझी पक्राउ परेका हुन् ।

ललितपुर महानगरपालिका–२८ धापाखेल डेरा गरी बस्ने माझीलाई शुक्रवार राती ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले रामेछाप न्युजलाई जानकारी दिए ।

जबरजस्ती करणी गरेको उजुरी पीडित महिलाले दिएसँगै महानगरीय प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रवक्ता महर्जनले पक्राउ परेका माझी माथि म्याद गरेर अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्