रामेछाप जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव छैनः प्रमुख कर्ण



३१ जेठ, रामेछाप ।
स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले रामेछाप जिल्लामा तत्कालको लागि कोरोना नियन्त्रण र रोकथामको लागि स्वास्थ्य सामाग्री अभाव नभएको बताएका छन् । उनले संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकारको साथै विभिन्न संघ संस्था एवं व्यक्तिहरुबाट सहयोग प्रप्त भएकाले तत्काल अत्यावश्यक औषधीसहित स्वास्थ्य सामाग्रीको अभाव नभएको बताएका हुन् ।

रामेछाप न्युजसँग प्रमुख कर्णले भने,‘स्वास्थ्य सामाग्रीहरु सहयोग आइरहेको छ, प्रदेश सरकारबाट पनि आवश्यक औषधी उपकरण आइरहेको छ ।’ जिल्लाको आठ वटै स्थानीय तहमा औषधी र स्वास्थ्य सामाग्री अभाव हुन नदिन समन्वय गरेर काम गरिरहेको बताउदै उनले आवश्यकताको आधारमा स्थानीय तहलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए ।

विभिन्न राजनीतिक दल, संघ संस्था र व्यक्तिहरुले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र रामेछापलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका छन् । उक्त स्वास्थ्य सामाग्री जिल्ला प्रशासन कार्यालय रामेछापले स्वास्थ्य कार्यालयलाई दिने गरेको छ । सहयोग स्वरुप प्राप्त भएको स्वास्थ्य सामाग्री स्थानीय तहको आवश्यकता पहिचान गरी दिने गरिएको छ, कर्णले भने । रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न सहयोगी हातहरुले औषधी उपकरण सहित आद्यन्न समेत वितरण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्