रामेछापमा लकडाउन फेरि एक साता थपियो, केही खुकुलो बनाउने निर्णय



१ असार, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउनको समय  थप एक साता थपिएको छ । कोभिड–१९ जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्र (डिसीमएसी)का अध्यक्ष समेत रहेका रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूकोे अध्यक्षतामा बसेको बैठकले लकडाउनकाे अवधि असार ९ गतेसम्म थप्ने निर्णय गरेको हो । बैठकले पसल सञ्चालन गर्न थप सहज बनाउने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक कार्यालय प्रमुखले रामेछाप न्युजसँग भने,कोरोना संक्रमण जिल्लामा बढदै गएको निष्कर्षसहित एक साता थप्ने निर्णय भएको छ, अब पसल सञ्चालनाको विषयमा थप खुकुलो बनाउने निर्णय भएको छ, ।’

प्रतिक्रिया दिनुहोस्