लकडाउनमा पनि रामेछापका बैंक दैनिक रुपमा सञ्चालन हुने



१ असार, रामेछाप ।
लकडाउनको कारण आलोपालो रुपमा सञ्चालन हुँदै आएका रामेछापमा सञ्चालित बैंक तथा वित्तिय संस्था अब दैनिक रुपमा सञ्चालन हुने भएको छ । आज बसेको कोभिड–१९ जिल्ला स्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले बैंक तथा वित्तिय संस्था दैनिक रुपमा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यसअघि मन्थलीमा रहेका १४ वटा बैंकहरुलाई साताको तीन दिन मात्र आलोपालो प्रणालीबाट सञ्चालन गर्न दिइएको थियो । साताको तीन दिन मात्र बैंकहरु खुल्दा सेवाग्राहीको भिडभाड बढेपछि स्वास्थ्य मापदण्ड पालना गरेर दैनिक रुपमा सञ्चालन गर्न दिने निर्णय भएको रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्