बागमती प्रदेश सरकारले ५२ अर्ब भन्दा बढीको बजेट ल्याउदै



१ असार, हेटौडा ।
बागमती प्रदेश सरकारले आज आर्थिक बर्ष २०७८/०८९ को बजेट सार्वजनिक गर्दैछ । अागामी आर्थिक बर्षमा ५२ अर्ब भन्दा बढीको बजेट ल्याउने ल्याउने भएको हो । गत आर्थिक बर्षमा बागमती प्रदेश सरकारले ५१ अर्ब ४२ करोडको बजेट ल्याएको थियो । यस बर्ष ५२ अर्ब भन्दा बढीको बजेट ल्याउन लागेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक बर्षको लागि ५२ अर्ब भन्दा बढीको बजेट निर्माण गरिएको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले केहीबेरमा प्रदेशसभा मार्फत आर्थिक बर्ष २०७८/०८९ को बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्