कोरोनाकाबाट आमा बुबा गुमाएका बालबालिकालाई बागमती प्रदेश सरकारले मासिक ३ हजार भत्ता दिने



१ असार, हेटौडा ।
बागमती प्रदेश सरकारले कोभिड–१९ को कारण आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई स्थानीय तहसँगको सहकार्यमा मासिक ३ हजार रुपैयाँका दरले शैक्षिक तथा सामाजिक भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको छ । अन्य कारणबाट आमाबाबु दुवै गुमाएका बालबालिकाहरूलाई मासिक २ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्न बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।

नेपाल सरकार तथा बागमती प्रदेशका जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार मिति २०७८ बैशाख १६ गतेदेखि शुरू भएको निषेधाज्ञाको कारण उद्योग, व्यापार, होटल, ट्राभल टुर्स, ट्रेकिङ्ग, पर्यटन व्यवसाय, सवारी साधन, सञ्चागर गृह लगायतका फर्मरव्यक्तिले दर्ता गरेको सरकारी निकायबाट नवीकरण तथा खारेजी सम्बन्धी सेवा लिदा तोकिए वमोजिम लाग्ने वा तिर्नुपर्ने कर, दस्तुर, शुल्क तथा जरिवाना समयमा तिर्न नसकेकाको हकमा सम्बन्धित जिल्लामा पूर्णरुपमा निषेधाज्ञा हटेको मितिले ६० दिन भित्र दाखिला गर्न आएमा तोकिए वमोजिम लाग्ने कर, दस्तुर र शुल्क बाहेक थप जरिवाना वा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्