बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट



१ असार, हेटौडा ।
बागमती प्रदेशका स्थानीय तहमा समपूरक अनुदानमा २ अर्ब ९२ करोड बजेट बिनियोजन गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि, बमोजिम स्थानीय तहबाट प्रस्ताव भई आएका ३ सय ९ वटा योजना तथा कार्यक्रम कार्यान्वयनको लागि समपूरक अनुदानतर्फ २ अर्ब ९२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताउनुभयो ।

प्रदेश भित्रका स्थानीय तहहरुबाट प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, बमोजिम प्रस्ताव भई आएका ९१ वटा योजना तथा कार्यक्रम सञ्चाअलनको लागि विशेष अनुदानतर्फ ४२ करोड रुपैयाँ बजेट व्यवस्था गरेको उहाँले वताउनुभयो ।

प्रदेश सरकारका विषयगत मन्त्रालय र निकायबाट सन्तुलित रुपमा छनौट भई आएका आयोजना र कार्यक्रममा सशर्त अनुदानतर्फ २ अर्ब ६६ करोड बजेट उपलब्ध गराउने व्यवस्था मिलाएको मन्त्री ढुंगेलले वताउनुभयो ।

कुल सशर्त अनुदान मध्ये शिक्षा तथा स्वास्थ्यतर्फका कार्यक्रमको लागि ६९ करोड, कृषि तथा सहकारीतर्फका कार्यक्रमको लागि २७ करोड लगायत अन्य भौतिक पूर्वाधारसँग सम्वन्धित कार्यक्रम सञ्चाीलनका लागि १ अर्ब ७० करोड वित्तीय हस्तान्तरण हुने व्यवस्था मिलाइएको छ । प्रदेश सरकारबाट संकलन भई प्रदेश र स्थानीय तहबीच बाँडफाँट हुने सवारी साधन करमध्ये १ सय १९ स्थानीय तहलाई कुल ४ अर्ब ३३ करोड राजस्व बाँडफाँट हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्