बागमती प्रदेश सरकारद्धारा आम संचार गृह स्थापना गर्न १० करोड बजेट



१ असार, हेटौडा ।

बागमती प्रदेशमा आम संचार गृह स्थापना र सञ्चालन गर्न १० करोड बजेट छुट्याइएको छ । आगमी आर्थिक वर्षका लागि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले प्रदेश सरकारको आफ्नै सञ्चार गृह स्थापना गर्नका लागि दस करोड रुपैयाँ बजेट छुट्याएको वताउनुभयो ।

प्रदेश भित्रको सूचना तथा संचारलाई प्रभावकारी, व्यवस्थित र अनुशासित बनाउन सूचना बैङ्क सञ्चाशलन तथा व्यवस्थापनको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । साथै प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा रहने गरी आम संचार गृह स्थापना र सञ्चारलन गर्न १० करोड बजेट विनियोजन गरिएको छ ।

प्रदेश भित्रका सबै जिल्ला र स्थानीय तहहरुमा निःशुल्क कानूनी तथा न्यायिक सहायता सञ्चालन तथा व्यवस्थापन कार्यक्रम कार्यान्वयनको लागि आवश्यक बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारलाई जनता प्रति उत्तरदायी एवम् जवाफदेही बनाउन संचार माध्यमसँगको सहयोग एवम् सहकार्यमा सञ्चालित जनता सामु प्रदेश सरकार कार्यक्रमू लाई निरन्तरता दिने गरी बजेट व्यवस्था गरिएको उहाँले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्