रामेछापमा साउन १२ देखि २८ गतेसम्म कांग्रेसको अधिवेशन (कार्यतालिका सहित)



४ असार, काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको पाचौं महाधिवेशनको संशोधित कार्यतालिका लगायत प्रस्ताव पारित गरेको हो। विहिवार बसेको बैठकले कांग्रेसको १४ औं महाधिवेशनको संशोधित कार्यतालिकासमेत पारित गरेको हो । केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार साउन १२ गते २८ गतेसम्म जिल्लाको गाउँ नगर वडा कमिटी देखि लिएर प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुनेछ । रामेछापको ६४ वटा वडामा साउन १२ गते वडाको अधिवेशन हुनेछ ।

यस्तो छ नेपाली कांग्रेस १४ औं महाधिवेशनको संशोधित कार्यतालिका
१ क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि— २०७८ असार २० गतेभित्र

२. क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि— २०७८ असार ३० गतेभित्र
अधिवेशन
क. गाउँ नगर वडा अधिवेशन– २०७८ श्रावण १२ गते
ख. गाउँ नगरपालिका अधिवेशन– २०७८ श्रावण १६ गते
ग. प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७८ श्रावण २० गते
घ. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण २३ गते
ङ एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७८ श्रावण २६ गते
च. प्रदेश अधिवेशन– २०७८ भाद्र १ र २ गते
छ. केन्द्रीय महाधिवेशनः २०७८ भाद्र १६, १७, १८ र १९ गते, काठमाडौं

प्रतिक्रिया दिनुहोस्