चीनमा पहिरो जादा रामेछापमा चिन्ता, मन्थली आसपासको क्षेत्रमा मध्यरातमा प्रहरीको माइकिङ



४ असार, रामेछाप ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको टिङ्ग्री काउन्टी, रोङजिया शहर र त्यसको आसपासमा भारी बर्षासँगै पहिरो जाँदा नदीको प्रवाह रोकिन जादा रामेछापमा चिन्ता बढेको छ । चीन हुँदै नेपाल बहने नदीको वहाप रोकिएको सूचना प्राप्त भएसँगै रामेछापको तामाकोसी नदी किनाराका बासिन्दालाई सतर्क हुन मध्यरातमा जिल्ला प्रहरी कार्यालय रामेछापले अहिले माइकिङ सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले तामाकोशी नदीमा पानीको मात्रा बढेर आउन सक्ने हुँदा नेपाल चीन सीमा नजिकका बस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने सम्भावना देखिएकोले सतर्क रहन आग्रह गरिएको रामेछाप न्युजलाइ बताए ।  नदी आसपासमा कुनै खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानतर्फ जान र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी गराउन समेत आग्रह गरिएको रामेछाप न्युजलाई बताए ।

जिल्ला प्रशासन कार्यालय दोलखाले पनि तामाकोसी नदी किनारा आसपासको क्षेत्रमा पानीको बहाप बढन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी नवराज ढुंगानाले नेपाल–चीन सीमाना नजिकै चीनतर्फ अविरल बर्षासँगै नदीको बहाब रोकिन गएको सूचना प्राप्त हुनासाथ अहिले तामाकोसी नदी किनाराका बासिन्दालाई सुरक्षित हुन माइकिङ गरिरहेको रामेछाप न्युजलाई बताए ।

जिल्ला प्रशासन कार्यालय दोलखाद्धारा जारी सूचना

 

प्रतिक्रिया दिनुहोस्