रामेछापमा मृतक भेटिएका व्यक्तिको पहिचान खुल्यो



६ असार, रामेछाप ।
असार २ गते रामेछापको खाँडादेवी गाउँपालिका–४ पुछिघाटमा भेटिएको शवको पहिचान खुलेको छ । कम्मरमा फुर्लुङसहित पुछिघाटमा मृत भेटिएका व्यक्ति सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका–२ का ६१ बर्षिय ठाकुरे स्याङबो रहेको खुलेको हो । असार १ गते माछा मार्न जाने क्रममा आएको बाढीले उनलाई बगाएको परिवारले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले असार २ गते पुछिघाटमा भेटिएका व्यक्तिको शव पहिचान भएको बताए । प्रहरीले बाढी पहिरोमै परेको व्यक्ति भएको आशका गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकसँग समन्वय गरेर पहिचानको कोशिस गरेको थियो । प्रहरीले दिएको हुलिया अनुसार मृतक स्याङबोको छोरा जिमि स्याङबोले सनाखत गरी शव बुझेको श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्