मन्थली नगरपालिकाका नगरप्रमुख बस्नेतलाई नौ बुँदे खुल्ला पत्र



६ असार, रामेछाप ।

मन्थली नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटको तयारी  गरिरहदा अनेरास्ववियुका केन्द्रीय सदस्य नेत्र बहादुर बुढाथोकीले नौ बुँदे खुल्ला पत्र लेखेका छन् । उनले आगामी नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा सुझावसहित पत्र लेखेका हुन् ।


यस्तो छ बुढाथोकीले लेखेको पत्रः

आदरणीय नगरप्रमुख रमेश कुमार बस्नेत ज्यु,
मन्थली नगरपालिका ,रामेछाप ।
यँहा मलाइ सन्चै छ । त्यँहा तपाइ लगायत नगरपालिका स–परिवारलाइ पनि आराम होला भन्ने कामना सहित भगवान पशुपतिनाथ संग प्रार्थना गरेको छु।
म धेरै भुमिका नबाधिकन यही असार १० गते नगरसभा हुने खबर पाएको र हजुरले पनि केही सल्लाह, सुझाव भए आजको दिनसम्ममा लिखित , मौखिक वा वेबसाईट मार्फत पठाउनु भनी फेसबुकमा स्टाट्स राख्नु भएको रहेछ । त्यसैकारण म यसै नगरपालिका वडा नम्बर –१० चनखु निवासी रहेको र हजुरको शुभचिन्तक पनि भएको कारण यसै पत्र मार्फत मलार्इ ब्यक्तिगत र आम नगरबासी युवाहरुको मनमा लागेका २०७८ ०७९ को बजेटबाट निम्न योजनाहरु पनि समावेश गरिदिनुभए आभारी हुने थिए भनी केही सुझाव बुदाँमा राखेको छु ।

१. युवाहरुलाइ स्टार्टअप बिजनेसका लागि बिनाधितो सहुलियत ब्याजदरमा उधमी कर्जा तथा आवश्यक तालिमको ब्यबस्था। (कम्तिमा १ वडा १० युवा समावेश हुने गरेर)
२. १ वडा १ उत्पादन तथा स्थानीय उत्पादित बस्तुको संकलन एवम बितरण केन्द्र तथा उचित मुल्यमा बजार ब्यबस्थापन जस्ता कार्यक्रम।
३. १ बिधालय १ उत्पादन, सर्टिफिकेट धितो राखेर उधमि कर्जा तथा उच्च शिक्षा अध्ययनका लागि कर्जा कार्यक्रम।
४. प्राकृतिक स्रोत र साधनको खोज, अनुसन्धान, संरक्षण तथा प्रबर्दन एवम १ वडा १ पर्यटन क्षेत्र ब्यबस्थापन कार्यक्रम ।
५. बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा प्राथमिकता कार्यक्रम्।
६. स्वास्थ्य सस्थाहरुमा आवस्यक दक्ष जनशक्ति तथ भौतिक संरचना ब्यबस्थापन ।
७. खेल मैदान, शारीरिक ब्यायमशाला, पार्क आदिको ब्यबस्थापन।
८. नगरपालिका भित्र एक अनुसन्धान केन्द्र स्थापना।
९. सडक, पुल, बिधालय, स्वास्थ्य सस्थाको भवन, वडा कार्यलय, मठमन्दिर, पार्टीपौवा आदि जस्ता भौतिक संरचनामा दिगो बिकासको अवधारना अवलम्बन गरियोस ।
अन्त्यमा, धेरैजसो बजेट क्षणिक राम्रो देखाउने हुदा बर्षाको पानीले बजेट बगाइरहेको उदाहरण प्रसस्तै भएको यहाँलार्इ पनि जगजायर नै छ आगामी बर्षको बर्षको बजेट गत बर्षहरुको तुलनामा उत्कृष्ट तरिकाले विनियोजन गरि नगरपालिकालाई सुखी र समृद्ध पार्न अगाडि बढ्नुहुनेछ र मेरो सुझावलाई पनि मध्येनजरमा राख्दै बजेट मार्फत समावेश गराउनुहुनेछ भनी आशा र बिस्वासको साथ यहालार्इ हार्दिक शुभकामना ज्ञापन गर्दै यो पत्रलाई यहीँ बिट मार्न चाहन्छु ।

उहीँ तपाईंको शुभचिन्तक
नेत्र बहादुर बुढाथोकी
अनेरास्ववियु केन्दद्रीय कमिटी सदस्य

प्रतिक्रिया दिनुहोस्