बागमती प्रदेशबाट रामेछापका ८ स्थानीय तहलाई ४६ करोड बजेट,कुन स्थानीय तहमा कति ?



स्नेहा सिलवाल
६ असार, काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ४६ करोड ४७ लाख अनुदान उपलब्ध गराएको छ । बागमती प्रदेश सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्र्तगत उक्त बजेट उपलब्ध गराएको हो । प्रदेशभित्रका स्थानीय तहलाई वित्तीय समानीकरण, सशर्त अनुदान, विशेष अनुदान, समपुरक अनुदान बजेट उपलब्ध गराइको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए ।

ग्राफिक्सः विवेक श्रेष्ठ

प्रदेश सरकारले विभिन्न शीर्षकमा रामेछाप जिल्लाको आठ वटा स्थानीय तहलाई बजेट उपलब्ध गराएको छ । संघीय सरकार प्रदेश सरकारबाट प्राप्त हुने बजेटको आधारमा जिल्लाका आठ वटै स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक बर्षको लागि आठ वटै स्थानीय तहले यस आर्थिक बर्ष बराबरकै बजेट ल्याउने तयारी गरेका छन् ।

प्रदेश सरकारले मन्थली नगरपालिकाकाे लागि ७ करोड ९२ लाख १६ हजार, रामेछाप नगरपालिकाकाे लागि ६ करोड ४१ लाख २८ हजार उपलब्ध गराएको छ । त्यसैगरी प्रदेश सरकारले उमाकुण्ड गाउँपालिलाई ४ करोड ७९ लाख ८६ हजार, खाँडादेवी गाउँपालिलाई ७ करोड, १० लाख १९ हजार, गोकुलगंगा गाउँपालिकालाई ४ करोड ७२ हजार, दोरम्बा गाउँपालिकालाई ६ करोड ३५ लाख, लिखु तामाकोसी गाउँपालिकालाई ४ करोड २५ लाख १० हजार र सुनापति गाउँपालिकाः ४ करोड ९२ लाख, ३९ हजार बजेट उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्