दोरम्बा गाउँपालिकाकी गम्भीर सुत्केरीलाई हेलिकोप्टरबाट काठमाडौं लगियो



७ असार, रामेछाप ।
सुत्करी भएर लामो समयसम्म पनि साल नझरेपछि दोरम्बा गाउँपालिका–६ लखनपुर जागुकी सुस्मिता अपाङ्गी मगरलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । सुत्केरी भएको चार घण्टासम्म पनि साल नखस्दा  उनलाई थप उपचारको लागि काठमाडौं लगिएको हो । आज बिहान साढे आठ बजे खपाङ्गीले छोरालाई जन्म दिएकी थिइन ।

स्थल मार्गबाट अस्पताल पुर्उदा थप समस्या हुने भएपछि नेकपा एमालेका नेता रत्न गौतमको समन्वयमा सुत्केरी महिलालाई काठमाडौं लगिएको छ । हाल सुत्केरी महिलाको थापाथली स्थिति प्रसुति गृहमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्