दोरम्बा सैलुङ गाउँपालिकामा लक्ष्य भन्दा बढी राजश्व संकलन भएकाे छ: मरासिनी



८ असार, रामेछाप ।
दोरम्बा सैलुङ गाउँपालिकाले यस आर्थिक बर्षमा ८० प्रतिशत विकास बजेट खर्च हुने भएको छ । कोभिड–१९ को अवधिमा स्वास्थ्य मापदण्डको पालना गर्दै काम अगाडि बढाएको गाउँपालिकाले ८० प्रतिशत बजेट खर्च गर्ने बताएको होे ।

दोरम्बा सैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत धिरज मरासिनीले अहिलेसम्मको अवस्था हेर्दा ८० प्रतिशत बजेट खर्च हुने बताए । उनले रामेछाप न्युजसँग भने,‘यस आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएका छौं ।’ यस आर्थिक बर्षमा गाउँपालिकाले २५ लाख राजश्व संकलन हुने लक्ष्य राखेकोमा हालसम्म २८ लाख रुपैयाँ राजश्व संकलन भइसकेको मरासिनीले बताए ।

यस आर्थिक बर्षकै हाराहारीमा आगामी आर्थिक बर्षको बजेट ल्याउने तयारी भइरहेको बताउदै नीति तथा कार्यक्रम र बजेटको तयारी अन्तिम चरणमा पुगेको बताए । आगामी आर्थिक बर्षमा गाउँपालिकाले प्राथमिताको आधारमा बजेट विनियोजन गर्ने मरासिनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्