खाँडादेवी गाउँपालिकाको प्राथमिकताः कृषि रोजगारी र पर्यटन



१० असार, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, रोजगारी र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ । कोरोनाको कारण गाउँपालिकाभित्र बेरोजारहरुको संख्या बढने भएकाले गाउँपालिकाबाटै रोजगारी सृजना गर्ने कार्यक्रम तयार गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम तयार गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले आगामी आर्थिक बर्षमा गाउँपालिकाभित्रै १५ सय भन्दा बढीलाई रोजगारी दिने नीति तथा कार्यक्रम र बजेट बनाएका छौं ।’

गाउँपालिकाभित्र पूर्वाधार निर्माणको कामले गति लिइरहेको बताउदै कृषि क्षेत्रको विकास मार्फत थप रोजगारी सृजना गर्ने गरी कार्यक्रम बनाएको रामेछाप न्युजलाई बताए ।स्वास्थ्य क्षेत्रको स्तरउन्नतीको कामलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको बताउदै तामाङले गाउँपालिकाभित्र रहेको ऐतिहासिक एवं धार्मिक गन्तव्यको विकास गर्ने कार्यक्रम अगाडि सारिएको बताए ।

गाउँपालिकाभित्र रहेका धार्मिक पर्यटकीय गन्तव्य खाँडादेवी, विश्वमित्र गुफा, अग्लेश्वर लगायतका क्षेत्रको प्रबद्र्धन गरी आन्तरिक पर्यटक भित्र्याउने सोच बनाएका छाै, उनले भने ।गाउँपालिकाभित्र मुख्य रणनीतिक सडक धमाधम कालोपत्रे भइसकेको बताउदै तामाङले विद्युतीकरणको काम सम्पन्न भइसकेकाले अबको प्राथमिकता कृषि, पर्यटन मार्फत रोजगारी सृजना गर्नु रहेको बताए ।
गाउँपालिकाले राखेको लक्ष्य भन्दा धेरै काम गर्न यस अवधिमा सम्भव भएको बताउदै अध्यक्ष तामाङले खाँडादेवी गाउँपालिकालाई समृद्ध बनाउने जगत यार भएको बताए ।

प्रतिक्रिया दिनुहोस्