मन्थलीमा जुवा खेल्ने ‘पाँच भाइ’ मध्यरातमा पक्राउ



१२ असार, रामेछाप ।
लकडाउनको अवधि जुवा खेल्ने पाँच जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रवार मध्यरातमा पक्राउ गरेको छ । मन्थली नगरपालिका–१ घारी खहरे स्थित चन्द्र बहादुर माझीको घरमा जुवा खेल्ने पाँच जनालाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

जुवा खेलिरहेको अवस्थामा प्रहरीलाई प्राप्त सुचनाको आधारमा जुवा खेल्ने पाँच जनालाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप न्युजलाई बताए । जुवा खालबाट १ लाख ९२ हजार ९ सय ५० रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरिएको बताउदै  उनले पक्राउ परेकाहरुमाथि अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

पक्राउ पर्नेहरुमा मन्थली नगरपालिकाका -१ का चन्द्र बहादुर माझी (घर धनी), मन्थली नगरपालिका–६ हात्तिटारका ४० बर्षिय तेज बहादुर माझी, मन्थली नगरपालिका–८ गाईखुराका ४५ बर्षिय आईते माझी, मन्थली नगरपालिका–९ पुरानागाउँका ३२ बर्षिय टिकाराज आरण र खाँडादेवी गाउँपालिकाका घर भइ हाल सिन्धुली सुनकोसी गाउँपालिका–१ का ३८ बर्षिय नरेन्द्र माझी रहेको प्रहरीले बताएको छ । पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्