लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष र वडा अध्यक्ष बोहोरालाई काम गर्ने बाटो खुल्यो



१४ असार, काठमाडौं । लिखु तामाकोसी गाउँपालिकाका उपाध्यक्ष दीपशिखा दाहाल र गाउँपालिका वडा नम्बर ७ तिल्पुङका वडाअध्यक्ष सुवास बोहोरालाई काम गर्ने बाटो खुलेको छ । जिल्ला अदालतल काठमाडौंले जेल चलान गर्ने फैसलाको विरुद्ध आज उच्च अदालत पाटनमा पुनरावेदन रिट दर्ता गराएसँगै नियमित काम गर्ने बाटो खुलेको हो । पुनरावदेशन गराउसँगै अब उपाध्यक्ष दाहाल र वडाअध्यक्ष बोहोराले बाहिरै बसेर पनि मुद्दा लडन पाउने भएका छन् ।

गत  वैशाख ९ गते जिल्ला अदालतले दाहाल र बोहोरलाई कैद फैसला सुनाएको थियो । उक्त फैसलाप्रति असन्तुष्टि जनाउदै आज अधिवक्ताद्धय नानीबाबु दाहाल र रुद्र नेपालले दाहाल र बोहोराको तर्फबाट उच्च अदालतमा पुनरावेदन दर्ता गराएका छन् ।

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर खड्कासँग सोही गाउँपालिका वडा नं ७ तिल्पुङका (मिलन) भनिने लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग्न लगाएको विषयलाई लिएर गाउँपालिकाका अध्यक्ष खड्काले दाहाल र बोहोरामाथि मुद्दा दर्ता गराएका थिए । उक्त घटनामा आफूहरुको संलग्नता नभएको दावी दाहाल र बोहोराले गरेपनि अदालतले जेल चलान गर्ने फैसला सुनाएको थियो ।

लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वडा अध्यक्ष सुवास बोहोराले आफूले कुनै संलग्नता नै नभएको विषयमा दोषी ठहर गरेको विषयप्रति असहमति जनाउदै आफूहरु पुनरावेदनको लागि उच्च अदालतमा रिट दायर गरेको बताए ।उनले जिल्ला अदालतको फैसला लगत्तै लकडाउन भएकाको कारण अदालतल पनि बन्द भएकाले पुनरावेदन गर्न केही समय लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्