रामेछापमा अब सार्वजनिक सवारी साधन चल्न दिने निर्णय



१४ असार, रामेछाप ।
रामेछाप जिल्लामा जारी लकडाउनलाई खुकुलो बनाउदै निजी तथा सर्वाजनिक सवारी साधन जोर विजोर प्रणालीमा चल्ने दिइने भएको छ ।

जिल्लाभित्र निजी र सार्वजनिक दुवै सवारी साधन सञ्चालन गर्न दिइने भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा जारी जिल्ला स्तरीय कोभिड–१९संकट व्यवस्थापन केन्द्रको  बैठकमा सवारी साधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिने निर्णय भएको बैठकमा सहभागी एक कार्यालय प्रमुखले रामेछाप न्युजलाई जानकारी दिए ।उनका अनुसार जिल्लाभित्र भोली बेलुका १२ बजेदेखि लागू हुने गरी सवारी साधन सञ्चालन गर्न दिइने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्