नेकपा एमालेको कमिटी जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय



१५ असार, काठमाडौं ।
नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको छ । मंगलवार बसेको पार्टीको स्थायी कमिटीको बैठकले पार्टीको सांगठानिक संरचनालाई २०७५ जेठ पूर्वकै अवस्थामा क्रियाशिल गराउने निर्णय गरेको हो ।

मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भोलि महाधिवेशन आयोजक कमिटी बस्ने र उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिए । बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी गरेको ज्ञवालीले जानकारी दिए । उनले पार्टीभित्र जारी विवाद समाधान गर्नको लागि १८ गते बस्ने केन्द्रीय कमिटीको बैठकले महत्वपूर्ण निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्