माओवादी छोडेका चौलागाई एमालेको केन्द्रीय सदस्यमा मनोनित



१६ असार,काठमाडौं । नेकपा एमालेले दसौ औं महाधिवेशन आयोजक कमिटी खारेज गर्ने निर्णय गरेको छ । एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले स्थायी समिति र केन्द्रीय सदस्यहरु मनोनित गरेको छ । स्थायी समितिमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा थपिएका छन भने पार्टीका रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाल पनि स्थायी सदस्यमा मनोनित भएका छन् ।

पूर्व माओवादीबाट प्रभु साह, टङ्क आङ्बोहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलम्पाकी, कमल चौलागाइँ, मनोजजङ्ग थापा, विषमलाल अधिकारी दनुवार, लीलबहादुर थापामगर, दधिराम न्यौपाने, गिरधारीलाल न्यौपाने, दिनेश पन्थी, नवीन रोका मगर, धर्मराज रेग्मी, गौरीशङ्कर थारु, झपट बोहरा, दावा लामा, चन्द्रबहादुर खड्का र रामचन्द्र मण्डललाई केन्द्रीय कमिटीमा मनोनीत गरेको थियो ।
एमालेको २०७५ जेठ २ को केन्द्रीय कमिटी २४१ सदस्यीय थियो ।

बैठकले पूर्व माओवादीसतिका नेताहरुलाई केन्द्रीय कमिटीमा थप्ने निर्णयसँगै एमालेको केन्द्रीय कमिटीको संख्या २६१ सदस्यीय पुगेको छ ।सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अगल अगल पार्टी भएको फैसला सुनाएसँगै माओवादी केन्द्र छोडेर कमल चौलागाईले एमाले रोजेका थिए । सुरुमा आयोजिक कमिटीमा रहेका चौलागाई पनि अब एमालेको केन्द्रीय सदस्य भएका छन् । योसँगै रामेछाप जिल्लाबाट एमालेका केन्द्रीय सदस्यको चार पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्