बिपी राजमार्ग एकतर्फी सञ्चालनमा आयो



२० असार, काभ्रे ।
अविरल बर्षाको कारण अवरुद्ध हुन पुगेको बिपी राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । काभ्रेको रोशी गाउँपालिका– वडा नम्बर ११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

प्रहरी, रोशी गाउँपालिका, सडकक आयोजना र स्थानीयबासिन्दाको पहलमा लेदो हटाई एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए । सडक अवरुद्ध भएपछि शुक्रबार राति १२ बजेदेखि ठप्प भएको सवारी साधन दिउँसो २ः३० बजेदेखि चल्न थालेको थियो ।
सडक अवरुद्ध भएपछि रामेछाप, सिन्धुलीलगायत पूर्वी तराईबाट काठमाडौँ आउने सवारी साधन खुर्कोटमा र काठमाडौँबाट जाने सवारी साधनलाई काभ्रेभञ्ज्याङमा नै रोकिएको थियो । प्रहरीका अनुसार अहिले पनि खोलामा बाढी आइरहेका कारण जेसिबी परिचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्