ग्याससहित सबै इन्धनमा एकै पटक मुल्य बढाइयो



२२ असार, काठमाडौं ।
लकडाउन खुलेसँगै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित सबै इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

‘भारतीय आयल कर्पोरेसन्स (आइओसी)ले जुलाई १ मा पठाएको नयाँ मूल्यसूची अनुसार १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ घाटा हुने देखिएका निगमले स्वचालित मूल्य प्रणालीअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा नयाँ मूल्य कायम गर्ने निर्णय गरेको छ । निगमका प्रवक्ता बिनितमणि उपाध्यायले ‘नयाँ मूल्यसूचीअनुसार प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २र२ रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम गरिएको बताए ।

यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरे ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ रुपैयाँ कायम गरेको जनाएको छ । मूल्य समायोजनपश्चात् निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्