ओली र नेपालबीच भेटवार्ता, सहमतिको खाका तयार हुँदै
२३ असार, काठमाडाै।
प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वान टु वान भेटवार्ता सुरु भएको छ । राजधानीको होटल मेरियटमा जारी भेटवार्तामा पार्टीभित्र जारी विवाद समाधान गर्ने विषयमा कुराकानी भइरहेको बताइएको छ । पार्टी एकताका लागि गठित १० सदस्यीय कार्यदलले मस्यौदा बनाउँदै गर्दा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको हो ।
यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताएका थिए । खासगरी संसद विघटन र सर्वोच्चमा पुगेको एमाले सांसदको हस्ताक्षरबारे मौन बसेर विवाद मिलाउनेमा नेताहरु पुगेका छन् ।
पार्टीभित्रको विवाद समाधान उन्नमुख भनिएको बेला दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । यसअघि नै दुई नेताबीच भेटवार्ताको तयारी भएपनि टेलिफोन वार्ता मात्र भएको थियो ।
जेठ ७ गतेदेखि कार्यदलको औपचारिक बैठक हुन सकेको थिएन। सोमबार, मंगलबार र बुधबार गरी तीन दिन लगातार कार्यदलको बैठक बसेको थियो।